काठमाण्डौ । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले आगामी चैत २२ गते विशेष साधारण सभा आयोजना गर्ने भएको छ । चैत ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाण्डौको अनामनगरमा रहेको युनियन हाउसमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा कम्पनीको हाल कायम चुक्तापूँजी ५० करोडको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै हकप्रद सेयर जारी गरेपश्चात कम्पनीको अधिकृत पूँजी,जारी पूँजी तथा चुक्तापूँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्रका आवश्यक दफाहरु संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव समेत पारित हुनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको विशेष सभामा सहभागी हुन योग्य ठहरिनेछन् ।