आईतवार, भाद्र २३,२०८१ 06:30:49
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 06:30:49
IME remit
Global IME Bank Limited

अपर हेवाखोला हाईड्रोपावरको स्थगित साधारण सभाको मिति तय, यस्ता छन् मुख्य अजेण्डा

Hyundai Nepal
अपर हेवाखोला हाईड्रोपावरको स्थगित साधारण सभाको मिति तय, यस्ता छन् मुख्य अजेण्डा
Nabil Bank Limited

काठमाण्डौ । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारण सभाको मिति पुनः तय गरेको छ । कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले १२ औं वार्षिक साधारण सभा डाकेको हो ।  

यसअघि गत चैत १६ गते आयोजना हुने भनिएको उक्त सभा विशेष कारणवश स्थगित भएको थियो । अब भने कम्पनीको उक्त साधारण सभा आगामी असार २६ गते काठमाण्डौको गौशालामा रहेको तारकेश्वर पार्टी प्यालेसमा बिहान ११ बजे आयोजना हुने भएको छ ।  

उक्त सभामा उपयुक्त नयाँ जलविद्युत आयोजना पहिचान गरी लगानी गर्ने वा अन्य कम्पनीद्वारा प्रवर्धित वा निमांणाधिन जलविद्युत आयोजनामा लगानी गर्ने,सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने र सञ्चालक समितिबाट गरिएको स्वतन्त्र सञ्चालकको नियुक्तीको अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०७९/०८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८०/०८१ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

कम्पनीले साधारणसभा प्रयोजनको लागि गत फागुन २४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ ।  

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X