काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले १७ औं साधारण सभा डाकेको छ । उक्त सभा आगामी पुस २९ गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्शनमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीको नियमावलीको नियम १६ संशोधन गर्ने, नियमनकारी निकायबाट संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनीको हाल कायम रहेको चुक्तापूँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८१/८२ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र ४ जना संस्थापक सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।