शनिबार, श्रावण २,२०८३ 04:05:04
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 04:05:04
Bizshala
Global IME Bank Limited

गुडविल फाइनान्सको ३० औं साधारण सभाको मिति तय

गुडविल फाइनान्सको ३० औं साधारण सभाको मिति तय
New Office

काठमाण्डौ । गुडविल फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको ३० औं साधारण सभा डाकेको हो ।  

उक्त सभा आगामी पुस २९ गते काठमाण्डौको हात्तिसारमा रहेको गुडविल कम्प्लेक्समा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.