काठमाण्डौ । मोलुङ हाईड्रोपावर कम्पनी नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत कम्पनी मध्ये एक हो । विस २०६७ सालमा स्थापित यस कम्पनीले ओखलढुङ्गाको मोलुङ खोलामा ७ मेगावटको जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ । यो कम्पनी सानो पूँजी भएको कम्पनी हो ।
आधारभूत पक्षः
यस आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चूक्तापूँजी ८० करोड २५ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १५ करोड ४२ लाख ५५ हजार रुपैयाँ रहेको छ । कम्पनीको कूल पूँजी ६४ करोड ८२ लाख ४४ हजार रुपैयाँ रहेको छ । पहिलो त्रैमासमा कम्पनीको खुद मुनाफा ३ करोड ३० लाख २२ हजार रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १६.४६ रुपैयाँ रहेको छ । कम्पनीको बुक भ्यालु ८०.७८ रुपैयाँ रहेको छ भने रिर्टन अन इक्विटी २०.३८ प्रतिशत रहेको छ ।
प्राविधिक पक्षः
कप एण्ड एण्ड ह्याण्डल प्याटर्न
प्राविधिक रुपमा यो कम्पनीको सेयरमा आजको कारोबारमा ‘कप एण्ड ह्याण्डल प्याट्रन’ बनेको छ । यो भनेको बुलिस प्रकृतिको क्याण्डल प्याटर्न हो । यसले सूचक तथा कम्पनीको सेयर भ्यालु सम्भावित रुपमा माथि लाग्ने संकेत गर्छ ।
फियर एण्ड ग्रिड इन्डेक्स
फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा यो कम्पनी बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । फियर एण्ड ग्रिड इन्डेक्समा यदि यस्तो इन्डेक्स जिरोदेखि २० सम्म स्ट्रङ वियरिस, २० देखि ४० सम्म बियरिस , ४० देखि ६० सम्म न्यूट्रल तथा ६० देखि ८० सम्म बुलिस र ८० देखि १०० सम्म स्ट्रङ बुलिस मानिन्छ । हाल यो कम्पनीको सेयर भाउ ६० देखि माथि चलेको कारण बु्लिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यस कम्पनीमा सर्वसाधारणतर्फ ३३ प्रतिशत अर्थात २६ लाख ७४ हजार कित्ता मात्र रहेको छ । यो कम्पनीको सेयर ब्रोकर नम्बर ८६ , १७ र ३३ नम्बर उच्च होल्डिङ रहेको देखिन्छ ।
बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई
बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल अपर ब्याण्डमा चलेको देखिन्छ । अपर ब्याण्ड बुलिस प्रकृतिको क्याण्डल बनेको छ । यदि आगामी कारोबारमा कम्पनीको सेयर भाउ अपर ब्याण्डसँगै हिंडेको खण्डमा माथिको यात्रा तय गर्न सक्छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम सकारात्मक भएता पनि छोटा–छोटा हुँदै गएका छन् । आरएसआई ओभरबट जोन ७० मा चलेको देखिन्छ । मनी फ्लो इन्डेक्समा पनि ओभर बट जोन ८० मा चलको देखिन्छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा यस कम्पनीको सेयर भाउ बुलिस यात्रामा चलेको देखिन्छ ।
पिभट् प्वइन्टः
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – ५७७
प्रतिरोध २ – ५३८
प्रतिरोध १– ४९५
पिभट प्वइन्टः ४५६
घटेमा सपोर्ट
सपोर्ट १– ४१३
सपोर्ट २– ३७४
सपोर्ट ३ –३२१
निष्कर्षः आधारभूत रुपमा यो कम्पनी सानो पूँजी भएको जलविद्युत कम्पनी हो । कम्पनीको प्रतिसेयर आम्दानी १६.४६ रुपैयाँ रहेको छ भने रिर्टन इक्विटी २०.३८ प्रतिशत रहेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ६ प्रतिशत कम हो । कम्पनीको बुक भ्यालु भने एक सय भन्दा पनि तल ८०.७१ रुपैयाँ रहेको छ । यस हिसाबले यो कम्पनी आधारभूत रुपमा भने ठीकै देखिन्छ । प्राविधिक रुपमा फियर एण्ड ग्रिडमा भने भने यो कम्पनी हाल बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।