मोलुङ हाईड्रोपावरद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ १९ गते बसेको बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा एकैपटक डाकेको हो । उक्त सभा असोज १० गते शुक्रबारका दिन काठमाण्डौको कीर्तिपुरमा रहेको बाघभैरव ब्याङक्वेटमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।