आईतवार, भाद्र ३०,२०८१ 05:25:45
IME remit
  • आईतवार, भाद्र ३०,२०८१ 05:25:45
IME remit
Global IME Bank Limited

मोलुङ हाईड्रोपावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा

Hyundai Nepal
मोलुङ हाईड्रोपावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा
Nabil Bank Limited

काठमाण्डौ । मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ १९ गते बसेको बसेको सञ्चालक समितिको ४१ औं बैठकले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको हो ।  

बैंकले आव २०७९/०८० र २०८०/०८१ को वार्षिक साधारण सभाको मिति, समय र स्थान तय गरेको छ । सभा असोज १८ गते शुक्रबारका दिन काठमाण्डौको कीर्तिपुरमा रहेको बाघभैरव ब्याङक्वेटमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।  

उक्त सभामा कम्पनीको प्रबन्ध पत्रको दफा ६ को घ, ङ, च, छ संशोधन गर्ने, नियमावलीको नियम २७ को उपनियम ४ पछि ५ थप गर्ने, कम्पनीले उपयोग गरिरहेको कर्जा सुविधा कम ब्याजदर भएको बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरी कर्जा स्वाप गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थापक समूहबाट ४ र सर्वसाधारण समूहबाट १ महिला सहित २ जना सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वित्तीय विवरण सहितको आव २०७९/०८० २०८०/०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७९/०८० २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन र सोही आवको वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसुचिहरू अनुमोदन गर्ने, आव २०८०/०८१ को लागि लेखापरीक्षकमा भएको नियुक्तिलाई अनुमोदन गर्ने, आव २०८१/०८२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने र सञ्चालक समिति गठन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै सभामा सहभागि हुन र मतदान गर्न योग्य हुने छन् ।

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.