काठमाण्डौ । मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ १९ गते बसेको बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा एकैपटक डाकेको हो ।
उक्त सभा असोज १० गते शुक्रबारका दिन काठमाण्डौको कीर्तिपुरमा रहेको बाघभैरव ब्याङक्वेटमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वित्तीय विवरण सहितको आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन र सोही आवको वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसुचिहरू अनुमोदन गर्ने, आव २०८२/८३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने र प्रबन्ध सञ्चालकको नियुक्ती अनुमोदन गर्ने प्रस्तावहरु पारित हुनेछ ।
वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ३१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै सभामा सहभागि हुन योग्य हुने छन् ।