काठमाण्डौ । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले आज(पुस १२ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।
आज एक अमेरिकी डलरको खरिददर १३६.१३ रुपैयाँ र बिक्रीदर १३६.७३ रुपैयाँ कायम भएको छ ।
यो मूल्य हालसम्मकै उच्च हो । यसअघि पुस १० गते डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३६.०३ बिक्रीदर १३६.६३ रुपैयाँ कायम थियो ।
यस्तै, आज एक यूरोको खरिददर १४१.५८ रुपैयाँ र बिक्रीदर १४२.२१ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.५८ रुपैयाँ र बिक्रीदर १७१.३४ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४.८५ रुपैयाँ र बिक्रीदर ८५.२२ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.६४ रुपैयाँ र बिक्रीदर ८.६८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.०६ रुपैयाँ र बिक्रीदर ३७.२३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६५ रुपैयाँ र बिक्रीदर १८.७३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.४६ रुपैयाँ र बिक्रीदर ३०.६० रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.३५ रुपैयाँ र बिक्रीदर ३७.५२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.२९ रुपैयाँ र बिक्रीदर ९.३३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४१.६८ रुपैयाँ र बिक्रीदर ४४३.६३ रुपैयाँ कायम भएको छ ।