बिहीबार, माघ ३,२०८१ 09:47:19
IME remit
  • बिहीबार, माघ ३,२०८१ 09:47:19
IME remit
Global IME Bank Limited

एमएडब्लु वृद्धि चांगानको प्रतिष्ठित‘सांग्रिला न्यु इनर्जी नीति अवार्ड’बाट सम्मानित

Hyundai Nepal
एमएडब्लु वृद्धि चांगानको प्रतिष्ठित‘सांग्रिला न्यु इनर्जी नीति अवार्ड’बाट सम्मानित
Nabil Bank Limited

काठमाण्डौ । नेपालका लागि चांगान तथा दिपलका फ्यचरिस्टिक इभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धिअटो कर्प प्रालि चांगानको प्रतिष्ठित सांग्रिला न्यु इनर्जी नीति अवार्डबाट सम्मानित भएको छ । विद्युतीय सवारीसाधनको विस्तारमा अद्वितीय योगदान पुर्याउनुका साथै नेपाली अटोमोबाइल बजारमा महत्वपूर्ण भूमिका निभाएको भन्दै दोस्रो ठूलो चिनियाँ अटोमोबाइल समूह चांगानलाई एमएडब्लु वृद्धिले यो अवार्डले सम्मानित गरेको हो ।  

एमएडब्लु वृद्धिका अध्यक्ष िवष्णु कुमार अग्रवाललाई चांगानको हेडक्वार्टर चीनको चोङकिङ प्रान्तमा जारी ‘चांगान ग्लोबल पार्टनर्स कन्फिरेन्स’मा यो अवार्ड हस्तान्तरण गरिएको हो । हरित र स्मार्ट भविष्यको विकास गर्दै दीर्घकालिन गतिशिलतामा एमएडब्लु वृद्धिको प्रतिबद्धता र नेपालमा इभीको सफल प्रबद्र्धनलाई मध्यनजर गरी यो अवार्ड दिइएको चांगान ग्लोबलले जनाएको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

‘यो सम्मानले हाम्रा ग्राहक र साझेदारको विश्वास र साथलाई प्रतिनिधित्व गर्छ,’अवार्ड ग्रहण गरेपछि एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले भने ‘हामी सफल र राम्रो भविष्यका लागि नेपालमा अत्याधुनिक विद्युतीय सवारीसाधन र दीर्घकालीन समाधान ल्याउन प्रतिबद्ध रहनेछौं ।’

दीर्घकालीन भविष्यको नेतृत्व गर्ने चांगानको विश्व व्यापी नीतिलाई अवलम्बन गर्दै एमएडब्लु वृद्धिले फ्युचरिस्टिक र ग्राहकमैत्री उत्पादनहरुमार्फत नेपालको इभी क्रान्तिलाई अघि बढाइरहेको छ ।  

Muktinath Bikas Bank Limited

चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो । जसको एकसय ६२ वर्ष लामो विरासत छ । ८ महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल इभी अहिलेसम्ममा ७ सयभन्दा बढी बिक्री भइसकेका छन् । विशेषत यसको डिजाइन र टेक्नोलोजीका कारण यो ग्राहकको रोजाइमा परेको हो ।

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउटडोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् । जसका कारण यो इभी नेपाली बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको हो ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.