काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस १६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.५६ रुपैयाँ र बिक्रीदर १३७.१६ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १४२.६७ रुपैयाँ र बिक्रीदर १४३.३० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.०९ रुपैयाँ र बिक्रीदर १७२.८४ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५.२३ रुपैयाँ र बिक्रीदर ८५.६१ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.६६ रुपैयाँ र बिक्रीदर ८.७० रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.१८ रुपैयाँ र बिक्रीदर ३७.३४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७१ रुपैयाँ र बिक्रीदर १८.७९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.५८ रुपैयाँ र बिक्रीदर ३०.७२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.४६ रुपैयाँ र बिक्रीदर ३७.७२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.२७ रुपैयाँ र बिक्रीदर ९.३१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४३.३० रुपैयाँ र बिक्रीदर ४४५.२५ रुपैयाँ कायम भएको छ ।