शुक्रबार, असार १९,२०८३ 06:43:30
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 06:43:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

घट्न थाल्यो मध्यमर्स्याङदी जलविद्युत आयोजनाको विद्युत् उत्पादन

Laxmi Sunrise Bank Limited
घट्न थाल्यो मध्यमर्स्याङदी जलविद्युत आयोजनाको विद्युत् उत्पादन

काठमाण्डौ । मध्यमर्स्याङदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ । मर्स्याङदी नदीमा जल सतह घटेसँगै ७० मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत् उत्पादन समेत घट्न थालेको हो ।

आयोजना केन्द्रका प्रमुख पवन बस्नेतले आयोजनाबाट ३० मेगावाट बिजुली उत्पादन घटेको बताए । जल सतह अझै घट्ने क्रममा रहेकाले विद्युत उत्पादन थप घट्न सक्ने उनले बताए । हाल आयोजनाबाट ४० मेगावाट विद्युत उत्पादन भइरहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

गतवर्ष पनि विद्युत् उत्पादन घटेर २५ मेगावाटमा झरेको थियो । सो आयोजना सन् २००८ मा रु २७ अर्ब २० करोडमा निर्माण सम्पन्न भएको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै दोर्दी गाउँपालिका–६ ढोडेनीस्थित ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाबाट पनि विद्युत् उत्पादन घट्न थालेको जनाइएको छ । भुलभुलेस्थित ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत्, ३० मेगावाटको ङादी जलविद्युत आयोजना, २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजना, दोर्दी गाउँपालिका–६ स्थित २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना, ४.४ मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु तथा दुई मेगावाटको छ्याङ्दी आयोजनाको पनि विद्युत उत्पादन घट्न थालेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.