काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस २२ गते)का लागि विदेशी मुद्राका विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.९४ रुपैयाँ र बिक्रीदर १३७.५४ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १४१.१७ रुपैयाँ र बिक्रीदर १४१.७९ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.१० रुपैयाँ र बिक्रीदर १७०.८५ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५.०९ रुपैयाँ र बिक्रीदर ८५.४७ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.७१ रुपैयाँ र बिक्रीदर ८.७४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.२८ रुपैयाँ र बिक्रीदर ३७.४५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७१ रुपैयाँ र बिक्रीदर १८.७९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.४३ रुपैयाँ र बिक्रीदर ३०.५६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५६ रुपैयाँ र बिक्रीदर ३७.७२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४३.८० रुपैयाँ र बिक्रीदर ४४५.७५ रुपैयाँ कायम भएको छ ।