काठमाण्डौं । दिनभर समान्य अंकले तल माथि गरेको बजार अन्तमा झिनो अंकले घटेर बन्द भयो । आज कारोबार पनि ३ अर्ब माथि भएको छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा अघिल्लो कारोबारमा वियरिस मारुबुजु क्याण्डल पछि आज सपोर्ट जोनमा‘डोजी स्टार’बनेको छ । यसले बजार घट्न रोकिदै गरेको बुझ्न सकिन्छ । तर यो निश्चित भै हालेको अबस्था भने होइन ।
यदि आगामी बजार २०५० भन्दा माथि टिकेर कारोबार हुन्छ भने आज बनेको डोजी स्टार भ्यालिड हुन जाने छ । अर्थात मर्निङ स्टार बनेको मानिने छ । आगामी कारोबारमा भोलुम सहित नेप्से २०६० भन्दा माथि बन्द भएमा अझै निश्चित हुने छ ।
तर आगामी कारोबारमा नेप्से आजको न्यून विन्दु २०२५ भन्दा तल बन्द भएको खण्डमा भने अझै करेक्नस नसकिएको मान्न सकिन्छ । बोलिङगर ब्याण्डबाट नियाल्दा आज तल्लो ब्यान्डमा डोजी स्टार बनेको छ । म्याक्डी मार्फत नियाल्दा केही समय पहिले बनेको वियरिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम नेगेटिभ र लामा-लामा नै हुँदै गएका छन् ।
आरएसआई बाट नियाल्दा आज ३९ को तहमा रहेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजारले करिब बटम लगाउँदै गरेको देखिन्छ तर निश्चित भने भै हालेको अबस्था भने होइन । पिभट् मार्फत नियाल्दा यदि बजार घटेमा नजिकको सपोर्ट २०२२, १९८८ र १९६० मा रहेको छ । बढेमा भने २०७५,२०९५ र २१३० मा प्रतिरोध लिन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारस भने होइन ।