काठमाण्डौ । कालिमाटी फलफुल तथा तरकारी बजारमा गोलभेडाको मूल्य घटेको छ भने सिमी, लौका, बन्दालगायतका तरकारीको मूल्य बढेको छ ।
आज गोलभेडा ठूलो भारतीयको औषत प्रतिकेजी मूल्य ११ प्रतिशतले घटेर ७५ रुपैयाँ, गोलभेडा सानो लोकलको मूल्य १८ प्रतिशतले घटेर २२ रुपैयाँ, गोलभेडा सानो भारतीयको मूल्य २३ प्रतिशतले घटेर ३२ रुपैयाँ, गोलभेडा सानो तराईको मूल्य ४ प्रतिशतले घटेर ३६ रुपैयाँ, आलु रातो ९ प्रतिशतले घटेर मकै बोडी १५ प्रतिशतले घटेर ५५ रुपैयाँ, मटरकोशा २२ प्रतिशतले घटेर ८५ रुपैयाँ, हरियो फर्सी(लाम्चो)२५ प्रतिशतले घटेर १५ रुपैयाँ,हरियो फर्सी डल्लो २५ प्रतिशतले घटेर १५ रुपैयाँ, बरेला ५ प्रतिशतले घटेर ३७ रुपैयाँ, रायो साग २० प्रतिशतले घटेर २० रुपैयाँ, पालुङ्गो साग १३ प्रतिशतले घटेर ६५ रुपैयाँ, चम्सुरको साग १३ प्रतिशतले घटेर ६छ रुपैयाँ, बकुला १३ प्रतिशतले घटेर ७१ रुपैयाँ र जिरीको साग ३१ प्रतिशतले घटेर ६५ रुपैयाँ कायम भएको छ ।
यस्तै आज बन्दा(तराई)को औषत प्रतिकेजी मूल्य २८ प्रतिशतले बढेर २२ रुपैयाँ, बन्दा(नरिवल)३० प्रतिशतले बढेर २६ रुपैयाँ, मूला सेतो १८ प्रतिशतले बढेर ३२ रुपैयाँ, घिउ सिमी १८ प्रतिशतले बढेर ६५ रुपैयाँ र लौका २२ प्रतिशतले बढेर ५५ रुपैयाँ कायम भएको छ ।