बिहीबार, श्रावण २१,२०८३ 01:43:01
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 01:43:01
Bizshala
Global IME Bank Limited

भूकम्प प्रभाव: परीक्षा सर्‍यो, कलेज बन्द, कहाँ के क्षति भयो ?

भूकम्प प्रभाव: परीक्षा सर्‍यो, कलेज बन्द, कहाँ के क्षति भयो ?
New Office

काठमाण्डौ । मंगलबार एकाबिहानै आएको ७ म्याग्नुच्यूडको भूकम्पले जनजीवन त्रसित बनाएपछि त्रिभूवन विश्वविद्यालयको जारी स्नातक तह प्रथम वर्षको परीक्षा १५ मिनेट पछाडि सरेको छ ।  

त्रिविका सूचना अधिकारीका अनुसार काठमाण्डौ लगायतका क्षेत्रमा भूकम्पको धक्का महसुस भई जनजीवन त्रसित भएपछि परीक्षार्थीहरुको अनुरोधमा परीक्षाको समयमा १५ मिनेट थप गरिएको हो ।  

आजको परीक्षाको समय १५ मिनेट थप गरिएको सर्कुलर देशभरका सम्बन्धनप्राप्त कलेजहरुमा पनि सर्कुलर गरिएको थियो । 

यसैबीच, भूकम्पको निकै ठूलो धक्का काठमाण्डौमा समेत महसुस भएका कारण यहाँका अधिकांश कलेजहरुले आजको कक्षा स्थगन गरी विद्यार्थीहरुलाई विदा दिएका छन् ।  

बिहान ६ः५० बजे नेपाल चीनको सीमामा(चीनको सिगात्सेस्थित दिङ्गे काउन्टी क्षेत्र) केन्द्रविन्दू भएर ७ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पले चीनसँग सीमा जोडिएका क्षेत्रमा बढी धक्का महसुस गरिएको थियो । सीमावर्ती जिल्लाहरुमा भूकम्पका कारण कुनै क्षति भए नभएको विषयमा पूर्ण विवरण प्राप्त भइसकेको छैन । 

काठमाण्डौ लगायतका क्षेत्रमा समेत भूकम्पको निकै ठूलो धक्का महसुस भएका कारण सर्वसाधारण एकाबिहानै घरबाहिर निस्किएका थिए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.