शुक्रबार, असार १९,२०८३ 06:44:20
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 06:44:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भाटभटेनीद्वारा प्रवर्द्धित एग्रीवस्तुले किसानसँगको सहकार्यमा उत्पादन र भण्डारण सुरू गर्ने

Laxmi Sunrise Bank Limited
भाटभटेनीद्वारा प्रवर्द्धित एग्रीवस्तुले किसानसँगको सहकार्यमा उत्पादन र भण्डारण सुरू गर्ने

काठमाण्डौ ।  चितवन र धादिङमा उत्पादित तरकारी र फलफूल खेर जान नदिन एग्रीवस्तु चिस्यान केन्द्रले किसानहरूसँग सहकार्य गर्दै उत्पादनको खरिद र भण्डारण सुरु गर्ने जनाएको छ ।  

चिस्यान केन्द्रले पहिलो चरणमा ५ सय मेट्रिक टन (५ हजार क्विन्टल) गाजर खरिद गरी बजारमा पठाउने र भण्डारण गर्ने तयारी गरेको छ।

भाटभटेनी सुपर मार्केटद्वारा प्रवर्द्धित एग्रीवस्तु कोल्ड स्टोरले किसान, किसान समूह, र कृषि सहकारीसँग समन्वय गर्दै सिधै तरकारी खरिद गर्न थालेको भाटभटेनीका चिफ अपरेटिङ अफिसर्स पानु पौडेलले जानकारी दिए ।

New Office
CG Motors
Garima Development Bank

चिस्यान केन्द्रका प्रबन्ध निर्देशक आशिष शर्माका अनुसार चितवन र धादिङका किसानहरूका लागि यो पहलले ठूलो राहत पुर्‍याउने छ ।

“चितवन तरकारी उत्पादनका लागि प्रख्यात छ । तर, आधुनिक चिस्यान केन्द्रको अभावमा किसानले उत्पादन खेर फाल्नुपरेको समस्या समाधान गर्न पहिलो चरणमा गाजर खरिद गर्न लागेका छौँ,” शर्माले भने ।

तरकारी मात्र नभइ चिस्यान केन्द्रले हाल सुन्तला र जुनारको बिक्री वितरण र भण्डारणसमेत सुरु गरेको छ । करिब २ सय मेट्रिक टन सुन्तला र जुनार स्याङ्जा, पाल्पा, गोर्खा, र सिन्धुली लगायतका जिल्लाहरूबाट खरिद गरिएको छ । खरिद गरिएका फलफूल र तरकारी प्रशोधन गरेर मात्रै बजारमा पठाइने व्यवस्था गरिएको शर्माले जानकारी दिए ।

किसानलाई बजारसँग जोड्ने उद्देश्यका साथ एग्रीवस्तुले विभिन्न जिल्लाहरूमा यस्ता गतिविधि विस्तार गर्ने तयारी गरेको छ ।  

हाल भाटभटेनी सुपर मार्केटसँग सहकार्य गरी उपभोक्तालाई ताजा र स्वास्थ्यकर तरकारी तथा फलफूल आपूर्ति गर्ने योजना अघि सारिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

किसानले आफ्नो उत्पादनका लागि सुनिश्चित बजार पाउनुका साथै उत्पादन खेर जाने समस्या समाधान हुने छ । अर्कोतर्फ, उपभोक्ताले ताजा र स्वास्थ्यकर तरकारी तथा फलफूल प्राप्त गर्न सक्नेछन् । “किसानलाई आर्थिक रूपमा सबल बनाउँदै आम उपभोक्तालाई स्वास्थ्यकर तरकारी उत्पादन आपूर्ति गर्ने हाम्रो उद्देश्य हो,” शर्माले थपे ।

भाटभटेनीका सीओओ पौडेलले पनि किसानको उत्पादन सिधै भाटभटेनीका सबैजसो स्टोरबाट उपलब्ध हुने बताए ।

चिस्यान केन्द्रले उत्पादक र उपभोक्ताबीचको दूरी घटाउँदै दुवै पक्षलाई लाभ पुर्‍याउने अपेक्षा गरिएको छ ।  

सुन्तला, जुनार र तरकारी उत्पादनको यस्तो व्यवस्थापनले जिल्लाका कृषकहरूको आत्मविश्वास बढाउनुका साथै कृषिमा नवप्रवर्तन गर्ने सम्भावना देखाएको आम उपभोक्ताको बुझाई छ।

दुर्गम तथा अति दुर्गममा फल्ने रैथाने कृषि उत्पादनहरू पनि सिधै कृषकहरूबाट खरिद गरेर एग्रिवस्तुले प्रशोधन तथा प्याकिङ गरी बिक्री वितरण सुरु गरेको प्रबन्ध निर्देशक शर्माले जानकारी दिए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.