काठमाण्डौ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको अमेरिकी डलरको भाउ आज घटेको छ । नेपाल राष्ट्र बैंकले आज(पुस २४ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १३६.८५ रुपैयाँ र बिक्रीदर १३७.४५ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.०३ रुपैयाँ र बिक्रीदर १३७.६३ रुपैयाँ कायम थियो ।
यस्तै, आज एक यूरोको खरिददर १४२.४५ रुपैयाँ र बिक्रीदर १४३.०८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.६० रुपैयाँ र बिक्रीदर १७२.३६ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५.९१ रुपैयाँ र बिक्रीदर ८६.२९ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.६७ रुपैयाँ र बिक्रीदर ८.७१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.२६ रुपैयाँ र बिक्रीदर ३७.४२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६८ रुपैयाँ र बिक्रीदर १८.७६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.५० रुपैयाँ र बिक्रीदर ३०.६३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५४ रुपैयाँ र बिक्रीदर ३७.७० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४३ रुपैयाँ र बिक्रीदर ९.४७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४३.९३ रुपैयाँ र बिक्रीदर ४४५.८८ रुपैयाँ कायम भएको छ ।