काठमाण्डौ । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा पुस २९ गते एलिस कन्फरेन्स, पुल्चोक, ललितपुरमा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरी फोनपेको सेयरधनीहरुलाई २०८१ असार मसान्तमा कायम रहेको चुक्तापूँजीको १०.५३ प्रतिशत नगद लाभांश(कर समेत) वितरण गर्ने निर्णय गरेको छ । साथै, आव २०८१/८२ को लेखापरिक्षकको लागि लेखापरीक्षकको नियुक्ति गर्ने निर्णय गरेको छ ।