मंगलवार, भाद्र २,२०८३ 02:47:56
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 02:47:56
Bizshala
Global IME Bank Limited

कुम्भ मेलाका बारेमा स्टिभ जब्सले लेखेको ५० वर्ष पुरानो चिठ्ठी ५ लाख डलर बढीमा बिक्री

कुम्भ मेलाका बारेमा स्टिभ जब्सले लेखेको ५० वर्ष पुरानो चिठ्ठी ५ लाख डलर बढीमा बिक्री
New Office

काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलका दिवंगत सह–संस्थापक स्टिभ जब्सले भारतको कुम्भमेलाका बारेमा ५० वर्षअघि लेखेको चिठ्ठी ५ लाख डलर बढीमा बिक्री भएको छ । जब्सले कुम्भमेलाका बारेमा सन् १९७४ मा चिठ्ठी लेखेका थिए । उनले आफ्नो १९ औं जन्मदिन अघि उक्त पत्र लेखेका थिए ।  

हस्तलिखित उक्त चिठ्ठीमा भारत र आध्यात्मिकताका बारेमा चर्चा गरिएको छ । यसमा उनले आफ्ना भावना तथा भारतमा लाग्ने गरेको कुम्भमेलामा सहभागिता जनाउने योजनाका बारेमा उल्लेख गरेका छन् । रिपोर्टका अनुसार उनले यो चिठ्ठी आफ्ना मित्र टिम ब्राउनलाई पठाएका थिए ।  

Bizshala
CG Motors

स्टिभ जब्सद्वारा लेखिएको यो ५० वर्ष पुरानो चिठ्ठीलाई लिलामीमा राखिएको थियो । जब्सले लेखेको चिठ्ठी लिलामीमा राखिएको यो पहिलोपटक हो । यो चिठ्ठीलाई एक व्यक्तिले ५ लाख ३१२ डलरमा बोलि लगाएका छन् ।  

उक्त चिठ्ठीमा जब्सले भारतको उत्तराखण्डमा नीम करोली बाबाको आश्रममा जाने योजना रहेको बताएका थिए । त्यस समय जब्सले भारतमा ७ महिना बिताएका थिए ।  

जब्सकी पत्नी पनि यतिबेला कुम्भमेलामा सहभागि हुन भारत भ्रमणमा छिन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.