काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ ६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.२८ रुपैयाँ र बिक्रीदर १३८.८८ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १४२.५३ रुपैयाँ र बिक्रीदर १४३.१५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६८.९२ रुपैयाँ र बिक्रीदर १६९.६६ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५.७५ रुपैयाँ र बिक्रीदर ८६.१२ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.८८ रुपैयाँ र बिक्रीदर ८.९२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.६५ रुपैयाँ र बिक्रीदर ३७.८१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८७ रुपैयाँ र बिक्रीदर १८.९५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.६९ रुपैयाँ र बिक्रीदर ३०.८२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.९३ रुपैयाँ र बिक्रीदर ३८.०९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४९ रुपैयाँ र बिक्रीदर ९.५३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४८.१९ रुपैयाँ र बिक्रीदर ४५०.१३ रुपैयाँ कायम भएको छ ।