काठमाण्डौ । मिड सोलु हाईड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको साधारण सेयरको लक इन अवधि आगामी चैत १० गते समाप्त हुने भएको छ ।
कम्पनीले एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि बाँडफाँड गरेको ३७ हजार ४२० कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो ।
उक्त सेयरको लक इन अवधिको समाप्तबारे नेपाल धितोपत्र बोर्डले गत मंसिर २५ गते निर्देशन दिएको थियो ।
कम्पनीले जारीपूँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशत अर्थात १४ लाख ९६ हजार ८ सय कित्ता साधारण सेयरमध्ये सर्वसाधारणलाई छुट्टाईएको सेयरमध्येको ५ प्रतिशत हुन आउने ३७ हजार ४२० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको थियो ।
सोहि सेयरको लक इन अवधि आगामी चैत १० गते समाप्त हुन लागेको हो ।