मंगलवार, माघ ८,२०८१ 12:32:16
IME remit
  • मंगलवार, माघ ८,२०८१ 12:32:16
IME remit
Global IME Bank Limited

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ५७% ले नाफा बढाउन सफल, कस्तो छ समग्र वित्तीय अवस्था ?

Hyundai Nepal
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ५७% ले नाफा बढाउन सफल, कस्तो छ समग्र वित्तीय अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु् आवको दोस्रो त्रैमाससम्म २ अर्ब ८३ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५७.१८ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको सोही अवधिसम्म बैंकले १ अर्ब ९९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

यो अवधिमा बैंकले ७ अर्ब ३६ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २.३७ प्रतिशतले कम हो । बैंकको खुद शुल्क तथा कमीशन आम्दानी ८ अर्ब ३० करोड रुपैयाँबाट बढेर ८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा ३३.६९ प्रतिशतले बढेर ४ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

बैंकको रिटेन्ड अर्निङ २ अर्ब ८६ करोडले ऋणात्मक अवस्थामा रहेको छ । यस्तै बैंकको रिजर्भको आकार ३१ अर्ब ८९ करोड रुपैयाँबराबर रहेको छ ।  

बैंकको निक्षेप संकलन ४ खर्ब ४० अर्ब र कर्जा प्रवाह ३ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ । दोस्रो त्रैमाससम्ममा बैंकको वितरणयोग्य मुनाफा भने २ अर्ब ८६ करोड रुपैयाँले ऋणात्मक रहेको छ । यस्तै बैंकको वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी पनि ८.३९ रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

Muktinath Bikas Bank Limited

अघिल्लो आवमा ४.७५ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ५.८६ प्रतिशत कायम भएको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१६.६० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५६२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.७१ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.