काठमाण्डौ । चिनियाँ कार निर्माता नेटा कम्पनीले ६ अर्ब युआन (८१८.८ मिलियन अमेरिकी डलर) लगानी प्राप्त गरेको छ। यो बाह्य लगानीका कारण कम्पनीले पहिले रोकिएका उत्पादन पुनःसुरु गरेको हो।
२०२५ मा, नेटा मुख्य रूपमा अन्तर्राष्ट्रिय बजारमा केन्द्रित हुनेछ । बिक्रीलाई दोब्बर पार्ने योजना बनाउँदैछ।नेटाको घरेलु बिक्री २०२४ को अन्त्यतिर घटेको देखिएको थियो।
चाइना ईभी डाटा ट्र्याकरका अनुसार, नेटाले जनवरीदेखि डिसेम्बरसम्म ६१ हजार ५९२ युनिट बिक्री गरेको थियो । जसमा ४०.२ प्रतिशतको वार्षिक गिरावट देखिएको थियो। यद्यपि, नेटाका अध्यक्ष फाङयुन झोउले २०२५ मा सकल नाफा सकारात्मक हुने र कम्पनी २०२६ सम्म नाफामा आउने दाबी गरेका छन्।