काठमाण्डौ । प्लाष्ट नेपाल फाउन्डेसनको अध्यक्षमा विवेक तातेड निर्वाचित भएका छन्। नेपाली प्लास्टिक उत्पादक र सम्बन्धित उद्योगहरूको संस्था प्लास्ट नेपाल फाउन्डेसन (पिएनएफ) को १० औं वार्षिक साधारण सभाले विशाल प्लास्टो केब इन्डष्ट्रिजका तातेडलाई अध्यक्षमा निर्वाचित गरेको हो।
आइतबार काठमाण्डौमा आयोजित साधारण सभाले एमएमप्लास्टिकका सुयश प्याकुरेललाई वरिष्ठ उपाध्यक्ष र इन्टरटेक पाइप एन्ड फिटिंग्सका विनीत कुमार अग्रवाल र अनुराग इम्पोर्ट एक्सपोर्ट हाउसका वेंकटेश मुण्दडालाई उपाध्यक्षमा चयन गरेको छ।
यस्तै, पञ्चकन्या समूहका आशिक श्रेष्ठ, सिद्धार्थ सनराइज इन्डस्ट्रिजका संजय अग्रवाल, पिया प्लास्टिक इन्डस्ट्रिजका अरुण कुमार पिया, टीएसएन प्लास्ट केयर इन्डस्ट्रिजका भरतराज आचार्य, हिलटेक इन्डस्ट्रिजका जितेन्द्र वैद र बागमती मोल्डिङ इन्डस्ट्रिजका अमित राठी कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्।
कार्यक्रममा बोल्दै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताए। साथै, हालै जारी अध्यादेशको भावनाअनुरूप नियमावली र कार्यविधि छिट्टै ल्याउने सरकारको प्रतिबद्धता व्यक्त गरे।
मन्त्री भण्डारीले प्लास्टिक क्षेत्रका उद्योगहरूको प्रवद्र्धन र विकासमा सरकारको समर्थन रहने प्रतिवद्धता पनि जाहेर गरेका छन्।पिएनएफका नवनिर्वाचित अध्यक्षता तेडले प्लास्टिक उद्योगहरूको दिगो र अनुकूल नीतिहरू निर्माणका लागि पहल गर्ने बताए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।