काठमाण्डौ । एमएडब्लू वृद्धीले माउन्टेन ईभी र टीएमवान ग्राहकहरुका लागि एक विशेष योजना ल्याएको छ । जसले आविष्कार र साहसिक कार्यका नियमहरूलाई पुनर्लेखन गर्ने कम्पनीले जनाएको छ। यो अभियानले उन्नत प्रविधि र अतुलनीय लाभहरूको पहिले कहिल्यै नभएको मिश्रणको साथ ड्राइभिङ र स्वामित्व अनुभवहरूलाई शक्ति प्रदान गर्ने कम्पनीको विश्वास छ।
यस नयाँ योजना अन्तर्गत, ग्राहकहरूले माउन्टेन ईभी र टीएमवान मोडेलहरूमा ८० प्रतिशतसम्म फाइनान्सिङ प्राप्त गर्न सक्नेछन् । यस योजनामा विद्युतीय सवारी साधनको स्वामित्वलाई थप पहुँचयोग्य र किफायती बनाउँदै माउन्टेन ईभीका लागि ९.९९ लाख र टीएमवानका लागि ५.९९ लाखसम्म डाउन पेमेन्टको व्यवस्था गरिएको छ ।
यस्तै खरिदकर्ताहरूले आर्थिक वर्ष २०८१/८२ को लागि एक वर्षको निःशुल्क बीमा र सडक करमा छुटसहितका बृहत् लाभहरू प्राप्त गर्नेछन्। उनीहरूले घरमै सुविधाजनक चार्जिङ सुनिश्चित गर्न निःशुल्क ७ किलोवाटको चार्जर पनि पाउँने छन्।
यो बृहत् प्याकेजले विद्युतीय गतिशीलता प्रवर्द्धन गर्न र आफ्ना ग्राहकहरूलाई असाधारण मूल्य प्रदान गर्ने एमएडब्लु वृद्धिको प्रतिबद्धता झल्काउँने कम्पनीले जनाएको छ। कम्पनीले नेपाली बजारका लागि विद्युतीय सवारी साधनलाई थप पहुँचयोग्य र सस्तो बनाउने लक्ष्य राखेको छ । यो अफर माघ १ गतेदेखि माघ ३० गतेसम्म उपलब्ध हुनेछ ।