काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७६०.०९ रुपैयाँ कायम भएको छ । आजको कारोबारबाट यहि मूल्यमा आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । समायोजअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८३६.१० रुपैयाँ कायम थियो ।
कम्पनीले गत आवका लागि १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश(बोनस सेयर तथा नगद लाभाशको करसहित)गरी कुल २१ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीले लाभांश पारितको मुख्य अजेण्डासहित माघ २८ गते वीरगन्जमा रहेको होटल भिष्वामा बिहान ९ बजेदेखि साधारण सभा आयोजना गर्दैछ । उक्त सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।