काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ १० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक डलरको खरिददर १३७.८२ रुपैयाँ र बिक्रीदर १३८.४२ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक डलरको खरिददर १३८.२३ रुपैयाँ र बिक्रीदर १३८.८३ रुपैयाँ कायम थियो ।
यस्तै, आज एक यूरोको खरिददर १४३.९६ रुपैयाँ र बिक्रीदर १४४.५९ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १४३.०६ रुपैयाँ र बिक्रीदर १४३.६८ रुपैयाँ कायम थियो। आज पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ । राष्ट्र बैंकका अनुसार आज एक पाउण्डको खरिददर १७०.३४ रुपैयाँ र बिक्रीदर १७१.०८ रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन भने एक पाउण्डको खरिददर १६९.१५ रुपैयाँ र बिक्रीदर १६९.८९ रुपैयाँ कायम थियो ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.६८ रुपैयाँ र बिक्रीदर ८७.०६ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.८५ रुपैयाँ र बिक्रीदर ८.८८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.५२ रुपैयाँ र बिक्रीदर ३७.६९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९६ रुपैयाँ र बिक्रीदर १९.०५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.०७ रुपैयाँ र बिक्रीदर ३१.२० रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.८० रुपैयाँ र बिक्रीदर ३८.९६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६२ रुपैयाँ र बिक्रीदर ९.६६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४७.१२ रुपैयाँ र बिक्रीदर ४४९.०७ रुपैयाँ कायम भएको छ ।