शनिबार, श्रावण २,२०८३ 08:57:43
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:57:43
Bizshala
Global IME Bank Limited

आशा लघुवित्तको २०.१४ लाख कित्ता सेयरको लक इन अवधि फागुनमा समाप्त हुने

आशा लघुवित्तको २०.१४ लाख कित्ता सेयरको लक इन अवधि फागुनमा समाप्त हुने
New Office

काठमाण्डौ ।  आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि फागुन ११ गते समाप्त हुने भएको छ।  संस्थाको संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।  

संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १९ लाख ९९ हजार ३७५ कित्ता र कर्मचारीको स्वामित्वमा रहेको १४ हजार ८५२ कित्ता गरी कुल २० लाख १४ हजार २२७.५० कित्ता सेयरको लक–इन अवधि समाप्त हुन लागेको संस्थाले जनाएको छ ।  

लक इनमा रहेको संस्थापक सेयरमध्ये प्रारम्भिक लकइनमा १७ लाख ५० हजार कित्ता र २ लाख ४९ हजार ३७५ कित्ता बोनस सेयर लक इन कित्ता रहेको छ । यस्तै कर्मचारीको कुल कित्तामा १३ हजार कित्ता प्रारम्भिक र १ हजार ८५२.५० कित्ता बोनस सेयर लकइन कित्ता रहेको छ ।  

कम्पनीले २०७८ फागुन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारण(कर्मचारी समेत) लाई आईपीआो निष्कासन गरेको थियो । सर्वसाधारणमा उक्त आईपीओ २०७८ फागुन १२ गते बाँडफाँड गरिएको थियो ।  

लक–इन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् । तर संस्थाको संस्थापक सेयर सदस्यमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा संस्थाको उच्च तहमा रहेका कर्मचारीले भने सेयर खरिदबिक्री गर्न नपाउने कम्पनीले स्पष्ट पारेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.