बुधबार, भाद्र ३,२०८३ 08:46:09
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 08:46:09
Bizshala
Global IME Bank Limited

लघुबीमा कम्पनीहरुको व्यवसाय १२३१.१८% ले बढ्यो, कुनको कति ?

लघुबीमा कम्पनीहरुको व्यवसाय १२३१.१८% ले बढ्यो, कुनको कति ?
New Office

काठमाण्डौ । लघुबीमा कम्पनीहरुले झण्डै एक अर्ब प्रिमियम संकलन गरेका छन् । सञ्चालनमा रहेका ७ वटा लघुबीमा कम्पनीहरुले चालु आवको दोस्रो त्रैमाससम्म ९३ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।  

यो रकम गत आवको तुलनामा १२३१.१८ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म लघुबीमा कम्पनीहरुले ७ करोड ३ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेका थिए ।  

लघुबीमा कम्पनीहरु गत आवमा मात्रै सञ्चालनमा आएका हुन् । एक वर्षसम्म आइपुग्दा लघुबीमा कम्पनीहरुले व्यवसाय उल्लेख्य बढाउन सफल भएका छन् ।  

Bizshala
CG Motors

दोस्रो त्रैमाससम्म सबैभन्दा धेरै प्रिमियम भित्र्याउनेमा गार्डियन माइक्रो लाइफ रहेको छ । कम्पनीले २० करोड २० लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । गत आवको सोही अवधिसम्म भने कम्पनीले जम्मा ६६ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको थियो ।  

त्यस्तै, क्रेष्ट माइक्रो लाइफले १८ करोड ६४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । कम्पनीको यो व्यवसाय गत आवको तुलनामा १०८१.२२ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म क्रेष्ट माइक्रो लाइफले जम्मा १ करोड ५७ लाख रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको थियो ।  

यसका साथै लिबर्टी माइक्रो लाइफले १२ करोड ४४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो रकम गत आवको तुलनामा ४३०५ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म लिबर्टीले जम्मा २८ लाख रुपैयाँ मात्रै प्रिमियम भित्र्याएको थियो ।  

यता निर्जीवन लघुबीमकतर्फ भने सर्वाधिक नेपाल माइक्रो इन्स्योरेन्सले १२ करोड ४१ लाख रुपैयाँ प्रिमिमय भित्र्याएको छ ।  

त्यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १० करोड ३७ लाख, स्टार माइक्रो इन्स्योरेन्सले ९ करोड ८२ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ९ करोड ६८ लाख रुपैयाँ प्रिमियम भित्र्याएको छ ।

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.