लघुबीमा कम्पनीहरुको व्यवसाय १२३१.१८% ले बढ्यो, कुनको कति ?
काठमाण्डौ । लघुबीमा कम्पनीहरुले झण्डै एक अर्ब प्रिमियम संकलन गरेका छन् । सञ्चालनमा रहेका ७ वटा लघुबीमा कम्पनीहरुले चालु आवको दोस्रो त्रैमाससम्म ९३ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो रकम गत आवको तुलनामा १२३१.१८ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म लघुबीमा कम्पनीहरुले ७ करोड ३ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेका थिए । लघुबीमा कम्पनीहरु गत आवमा मात्रै...