बुधबार, भाद्र ३,२०८३ 06:21:32
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 06:21:32
Bizshala
Global IME Bank Limited

लघुबीमकहरुको व्यवसाय ४२३.७३% ले बढ्यो, सूचीकृत कम्पनीको प्रदर्शन कस्तो ?

लघुबीमकहरुको व्यवसाय ४२३.७३% ले बढ्यो, सूचीकृत कम्पनीको प्रदर्शन कस्तो ?
New Office

काठमाण्डौ । लघुबीमा कम्पनी लघुबीमा कम्पनीहरुले झण्डै दुई अर्ब प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा ७ लघुबीमा कम्पनीले १ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।  

यो बीमाशुल्क रकम गत आवको तुलनामा ४२३.७३ प्रतिशत बढी हो । गत आवको ११ महिनासम्ममा लघुबीमा कम्पनीहरुले जम्मा ३७ करोड १९ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेका थिए ।  

लघुबीमा कम्पनीहरुले पछिल्लो एक वर्षयता आफ्नो शाखा सञ्जाल र कर्मचारी संख्या बढाएर व्यवसाय पनि उल्लेख्य बृद्धि गरिरहेका छन् । नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम लघुबीमा कम्पनीहरुले ग्रामिण क्षेत्र तथा स्थानीय निकायहरुसँगको सहकार्यमा लघुबीमा सेवा उपलब्ध गराउँदै आइरहेका छन् ।

Bizshala
CG Motors

सो अवधिसम्म लघु जीवन बीमा कम्पनीहरुले मात्रै १ अर्ब ९ करोड ८२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । यो रकम गत आवको तुलनामा ७२७ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म लघु जीवन बीमकहरुले १३ करोड २७ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेका थिए ।  

सो अवधिसम्म गार्डियन माइक्रो लाइफले ४१ करोड ३६ लाख, क्रेष्ट माइक्रो लाइफले ३९ करोड ९४ लाख र लिवर्टी माइक्रो लाइफले २८ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । तीन लघु जीवन बीमा कम्पनीमध्ये गार्डियन माइक्रो लाइफ र क्रेष्ट माइक्रो लाइफ दोस्रो बजारमा सूचीकृत छन् ।  

त्यस्तै, यता लघु निर्जीवन बीमातर्फ कम्पनीहरुले ८४ करोड ९५ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन् । जुन यो गत आवको तुलनामा २५५.३० प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म लघु निर्जीवन बीमकहरुले २३ करोड ९१ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेका थिए ।  

११ महिनासम्ममा नेपाल माइक्रो इन्स्योरेन्सले २३ करोड ७९ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २२ करोड १० लाख, स्टार माइक्रो इन्स्योरेन्सले २० करोड १७ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १८ करोड ८७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । लघु निर्जीवन बीमा कम्पनीहरुमध्ये सेयरबजारमा नेपाल माइक्रो इन्स्योरेन्स मात्रै सूचीकृत रहेको छ ।

 

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.