बुधबार, भाद्र ३,२०८३ 08:46:14
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 08:46:14
Bizshala
Global IME Bank Limited

लघुबीमकहरुको व्यवसाय २७५.९६% ले बढ्यो, सूचीकृत कम्पनीको कस्तो छ प्रदर्शन ?

लघुबीमकहरुको व्यवसाय २७५.९६% ले बढ्यो, सूचीकृत कम्पनीको कस्तो छ प्रदर्शन ?
New Office

काठमाण्डौ । लघुबीमा कम्पनीले गत आर्थिक वर्षमा साढे एक अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार ७ लघुबीमा कम्पनीले १ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ प्रिमियम भित्र्याएका हुन् ।  

यो प्रिमियम अघिल्लो आवको तुलनामा २७५.९६ प्रतिशत बढी हो । आव २०८०/८१ मा लघुबीमा कम्पनीहरुले जम्मा ४६ करोड ४५ लाख रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेका थिए ।  

लघुबीमा कम्पनीहरुले पछिल्लो एक वर्षयता आफ्नो शाखा सञ्जाल र कर्मचारी संख्या बढाएर व्यवसाय पनि उल्लेख्य बृद्धि गर्न सफल भएको छ । नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम लघुबीमा कम्पनीहरुले ग्रामिण क्षेत्र तथा स्थानीय निकायहरुसँगको सहकार्यमा लघुबीमा सेवा उपलब्ध गराउँदै आइरहेका छन् ।  

Bizshala
CG Motors

गत आवमा लघुजीवन बीमकहरुले मात्रै ७९ करोड २६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । जसमा गार्डियन माइक्रो लाइफले ३१ करोड ५८ लाख, क्रेष्ट माइक्रो लाइफले २९ करोड ३० लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले १८ करोड ३७ लाख रुपैयाँ प्रिमियम उठाएका छन् ।  

जीवन बीमकहरुको व्यवसाय अघिल्लो आवको तुलनामा ३६६.८४ प्रतिशतले बढेको छ । सबैभन्दा बढी गार्डियन माइक्रो लाइफको ६४७.७७ प्रतितशत वृद्धि भएको छ ।  

यता निर्जीवन लघुबीमकहरुले पनि गत आवमा ९५ करोड ३८ लाख रुपैयाँ प्रिमियम संलकन गरेका छन् । यो प्रिमियम रकम अघिल्लो आवको तुलनामा २२३.६१ प्रतिशत बढी हो ।  

सबैभन्दा बढी नेपाल इन्स्योरेन्सले २६ करोड २८ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । साथै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २४ करोड ९३ लाख, स्टार माइक्रो इन्स्योरेन्सले २२ करोड ७४ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले २१ करोड ४२ लाख रुपैयाँ प्रियिमम संकलन गरेका छन् ।  

लघुबीमा कम्पनीहरुमा तीन कम्पनी मात्रै नेप्सेमा सूचीकृत रहेको छ । गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्स दोस्रो बजारमा सूचीकृत कम्पनी हुन् । अन्य कम्पनीहरुले आइपीओ निष्कासनको लागि नेपाल धितोपत्रमा निवेदन दिएका छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.