काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ ११ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको मूल्य १३८.०४ रुपैयाँ र बिक्रीदर १३८.६४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक डलरको खरिददर १३७.८२ रुपैयाँ र बिक्रीदर १३८.४२ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १४३.७३ रुपैयाँ र बिक्रीदर १४४.३६ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १४३.९६ रुपैयाँ र बिक्रीदर १४४.५९ रुपैयाँ कायम थियो । आज पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ ।
राष्ट्र बैंकका अनुसार आज एक पाउण्डको खरिददर १७०.१५ र बिक्रीदर १७०.८९ रुपैयाँ कायम थियो । अघिल्लो दिन एक पाउण्डको खरिददर १७०.३४ रुपैयाँ र बिक्रीदर १७१.०८ रुपैयाँ निर्धारण भएको थियो ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.५४ रुपैयाँ र बिक्रीदर ८६.९२ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.८२ रुपैयाँ र बिक्रीदर ८.८६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.५८ रुपैयाँ र बिक्रीदर ३७.७५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९४ रुपैयाँ र बिक्रीदर १९.०२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.०६ रुपैयाँ र बिक्रीदर ३१.२० रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.८६ रुपैयाँ र बिक्रीदर ३८.०३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६१ रुपैयाँ र बिक्रीदर ९.६५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४७.८३ रुपैयाँ र बिक्रीदर ४४९.७८ रुपैयाँ कायम भएको छ ।