बुधबार, श्रावण २०,२०८३ 12:02:34
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 12:02:34
Bizshala
Global IME Bank Limited

मारुतीले फेब्रुअरी १ देखि कारहरुको मूल्य बढाउने, कुनको कतिले हुनेछ वृद्धि ?

मारुतीले फेब्रुअरी १ देखि कारहरुको मूल्य बढाउने, कुनको कतिले हुनेछ वृद्धि ?
New Office

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले आफ्ना सवारी साधनको पोर्टफोलियोको मूल्य अपेडेट गर्ने घोषणा गरेको छ । मारुतीको कारहरुको मूल्य आगामी फ्रेब्रुअरी १ देखि महङ्गो हुनेछ । कम्पनीले कारहरुको मूल्य अलग–अलग मोडल र भेरियन्टका हिसाबले करिब ३२ हजार ५ सय भारुसम्म वृद्धि हुने जनाएको छ ।  

यो नयाँ मूल्य आगामी फेब्रुअरी १ देखि भारतभर लागू हुनेछ । कारहरुको निर्माणमा बढ्दो लागत मूल्य र सञ्चालन खर्चका कारण कारहरुको मूल्य वृद्धि गर्न लागिएको कम्पनीले उल्लेख गरेको छ । ग्राहकहरुमाथि अधिक भार नपरोस् भन्ने अभिप्रायसले कम्पनीले मूल्य वृद्धिलाई जतिसक्दो कम राख्ने प्रयास गर्ने समेत जनाएको छ ।  

मारुतीको इन्ट्री लेभल कार सेलेरियोको मूल्य ३२ हजार ५ सय भारु वृद्धि गरिएको छ । यसका साथै कम्पनीकमो सबैभन्दा महङ्गो तथा प्रिमियम मोडल ‘इन्भिक्टो’को मूल्य पनि ३० हजार भारुले बढाइएको छ ।  

यस्तै कम्पनीको बेष्ट सेलिङ कार मारुती वागेन आरको मूल्यमा पनि करिब १५ हजार भारुको बढोत्तरी हुने भएको छ । कम्पनीको अर्को मोडल स्विफ्टको मूल्य पनि ५ हजार भारुसम्म बढाइएको छ ।    

कम्पनीले गत वर्ष मात्रै स्फ्टिको फोर्थ जेनेरेशन मोडल लञ्च गरेको थियो ।  

स्पोटी य।ुटिलिटी सेग्मेन्टमा आउने मारुती ब्रेजा तथा ग्राण्ड भिताराको मूल्य पनि क्रमशः२० हजार भारु र २५ हजार भारुसम्मको वृद्धि गरिएको छ । यसका साथै भारतमा सबैभन्दा सस्तो तथा चर्चित कारको रुपमा रहेको मारुती अल्टो केटेनको मूल्य पनि १९ हजार ५ि सय भारुले बढाइएको छ । एस–प्रेसोको मूल्य पनि ५ हजार भारुसम्मले वृद्धि गरिएको छ ।  

प्रिमियम ह्याचब्याक मारुती बालेनको मूल्य ९ हजार भारु र फ्रोन्एक्सको ५ हजार ५ सय भारुले बढाइएको छ । मारुती सुजुकीले हालै लञ्च गरेको मारुती डिजाएरको मूल्य पनि १० हजार बढाउने घोषणा गरेको छ । यो कार कम्पनीको पहिलो फाइभ–स्टार सेफ्टी रेटिङ कार हो ।  

यससँगै मारुतीको सबैभन्दा सस्तो कार अल्टो केटेनको सुरुवाती मूल्य ३.९९ लाख भारुबाट सुरु हुनेछ । यस्तै सबैभन्दा महङ्गो इन्भिक्टोको मूल्य २८.९२ लाख भारुबाट सुरु हुनेछ ।   

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.