तयार भयो मारुतीको पहिलो ईभी कार, भारतमा ७० हजार करोड भारु लगानी गर्ने
काठमाण्डौ । भारतमा मारुती सुजुकीको पहिलो ईभी कार निर्यातका लागि तयार भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आज मारुती सुजुनीको ई–भिटारालाई निर्यातका लागि हरियो झण्डा देखाएका हुन् । यो गाडी पूर्ण रुपमा भारतमा बनेको र यसको निर्यात जापान र युरोप लगायत १०० भन्दा बढी देशमा हुने जनाइएको छ ।