काठमाण्डौ । मारुती सुजुकी इन्डिया लिमिटेडले नयाँ कीर्तिमान कायम गरेको छ । कम्पनीले मे महिनामा आफ्नो सेवा नेटवर्क मार्फत एक महिनामा २४ लाख ५० हजार भन्दा बढी सवारी साधनहरू सर्भिसिङ गरेको छ। यो मारुतीको इतिहासमा सबैभन्दा उच्च हो।
कम्पनीले सन् २०३०/३१ सम्ममा सर्भिस सेन्टरको संख्या ८ हजार पुर्याउने लक्ष्य राखेको छ । कम्पनीले विद्युतीय सवारीका लागि सेवा केन्द्र पनि तयार गरिरहेको छ ।
मारुती सुजुकीको सर्भिसिङसँग सम्बन्धित यो रेकर्डमा सशुल्क सेवा, निःशुल्क सेवा र मर्मत जस्ता कार्यहरू समावेश छन्। हाल कम्पनीका भारतभर ५ हजार ४ सयभन्दा बढी सेवा केन्द्र रहेका छन् । कम्पनीले आगामी दिनमा १ हजारभन्दा बढी सहरमा १५ सय ईभी सक्षम सेवा केन्द्र निर्माण गर्दैछ । ईभी सवारीसँग सम्बन्धित सबै सेवा यहाँ उपलब्ध हुने जनाइएको छ ।