आईतवार, आश्विन ४,२०८३ 05:38:50
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 05:38:50
Bizshala
Global IME Bank Limited

अमेरिकाद्वारा नेपाललाई दिने अनुदानमा रोक, यी ४ आयोजना हुनेछन् प्रभावित

अमेरिकाद्वारा नेपाललाई दिने अनुदानमा रोक, यी ४ आयोजना हुनेछन् प्रभावित
New Office

काठमाण्डौ । अमेरिकाले नेपाललाई दिने अनुदान सहयोग रोकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै किसिमका वैदेशिक अनुदान रोक्न आदेश जारी गरेका हुन् ।  

अर्थमन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल ९० दिनका लागि यूसएडमार्फत आउने रकम रोकिएको जनाएको छ । विदेशी सहायत नीति र चासो प्रभावकारी भए÷नभएको निर्धारण गर्न अमेरिकी सरकारले सबै र पर्याप्त जानकारी पाउन अहिले असम्भव रहकाले राष्ट्रपति ट्रम्पको विदेश नीतिअनुरुप अनुदान स्थगत गरिएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

युएसएड र नेपाल सरकारबीच सम्झौतामार्फत नेपाललाई प्राप्त भएको अनुदान सहायता मध्ये बजेट प्रणालीमार्फत सर्वसंचित कोषबाट भुक्तानी हुने प्रकृतिका चारवटा आयोजना आयोजनाहरु ९० दिनका लागि स्थगित भएको हो ।  

अर्थमन्त्रालयका अनुसार चारवटा आयोजनाहरुमा यूएसएड हेल्थ डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट, यूएसएड एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट, यूएसएड एजुकेशन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट र यूएसएड इन्क्लुसिभ पोलिसी डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट रहेका छन् ।  

Muktinath Bikas Bank Limited

९० दिनको अवधिमा स्थगित भएका आयोजना अन्तर्गत यूएसएड श्रोततर्फ कुनै दायित्व सिर्जना गर्ने कार्य नगर्न सम्बन्धित सबै निकायहरुलाई जानकारी गराइएको अर्थमन्त्रालयका सहसचिव महेश भट्टराइले बताए ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.