काठमाण्डौ । टोयोटा मोटर विश्वकै सबैभन्दा धेरै कार बिक्री गर्ने कम्पनी बनेको छ । सन् २०२४ मा १ करोड ८ लाख युनिट कार बिक्री गर्दै कम्पनीले लगातार पाँचौं वर्ष सर्वाधिक कार बिक्रीकर्ताको रेकर्ड बनाएको हो ।
गत वर्ष कम्पनीको ग्रुप युनिट बिक्रीमा ३.७ प्रतिशतको गिरावट आएको कम्पनीले जनाएको छ । जापानी बजारमा आएको गिरावटका कारण समग्र बिक्रीमा गिरावट आएको देखिएको कम्पनीले जनाएको छ । कम्पनीले घरेलु बजारमा परीक्षण प्रक्रियाको प्रमाणीकरण सम्बन्धी समस्याहरुको सामना गरिरहेको छ ।
सन् २०२४ मा टोयोटाले अमेरिकामा हाईब्रिड कारको बिक्रीमा राम्रो प्रगति गरेको छ । चीनमा भने तीव्र मूल्य प्रतिष्पर्धाका कारण कम्पनीको बिक्री ६.९ प्रतिशतले घटेको छ ।