बुधबार, असार ३२,२०८२ 01:07:14
  • बुधबार, असार ३२,२०८२ 01:07:14
Global IME Bank Limited

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

Hyundai Nepal
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
Shivam Cement

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । माघ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ३८ औं साधारण सभा डाकेको हो ।  

बैठकले उक्त सभा आगामी फागुन १५ गते काठमाण्डौको प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभा गृहमा बिहान १० बजेदेखि सुरु गर्ने निर्णय गरेको छ  । बैंकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव पेश हुनेछैन ।  

Muktinath Bikas Bank Limited

सभामा साधारण सभाको निर्णयमा नियमनकारी निकायबाट कुनै संशोधन वा परिवर्तन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको गत असारमा समाप्त भएको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने र

बैंकको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेड र एनआइएमबि स्टक मार्केट्स लिमिटेड समेतको आव २०८०/८१ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पारित गरिनेछ ।  

यसैगरी सभामा आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षण नियुक्त गर्ने, संस्थापक सेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि बैंकले माघ २९ गतेदेखि साधारण सभा नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको सभामा सहभागी हुन सक्नेछन् । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.