काठमाण्डौ । चालु आवको दोस्रो त्रैमाससम्म जीवन विकास लघुवित्त वित्तीय संस्थाले नाफा र आम्दानी दुवै बढाएको छ । संस्थाले दोस्रो त्रैमाससम्म २० करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १५.५७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म संस्थाले १७ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
नाफासँगै संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ । समीक्षा अवधिसम्म संस्थाले ९४ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा २८.०४ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले ७४ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै संस्थाले १२ करोड ५१ लाख रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ ।
यो अवधिमा संस्थाको खुद सञ्चालन आम्दानी १२.१९ प्रतिशतले बढेको छ । संस्थाले ८१ अर्ब ४१ करोड रुपैयाँबराबरको खुद सञ्चालन आम्दानी गरेको छ । संस्थाको सञ्चालन मुनाफा २९ करोड ३४ लाख रुपैयाँबराबर रहेको छ ।
संस्थाले कर्मचारीका लागि ४० करोड ५३ लाख र अन्य सञ्चालनका लागि १० करोड ६५ लाख रुपैयाँ खर्च गरेको छ ।
समीक्षा अवधिसम्म संस्थाको रिटेन्ड अर्निङ र रिजर्भको आकार बढेको छ । रिटेन्ड अर्निङ ६० करोड ७६ लाख रुपैयाँबाट बढेर ७२ करोड ६४ लाख रुपैयाँ पुगेको छ । रिजर्भको आकार पनि १ अर्ब ३४ करोड रुपैयाँबाट बढेर १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।
संस्थाको चुक्तापूँजी १ अर्ब ३४ करोड र वितरणयोग्य मुनाफा ७२ करोड ६४ लाख रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म ११ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले २५ अर्ब ५१ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । यो अवधिमा संस्थाको वितरणयोग्य वार्षिक प्रतिसेयर आम्दानी ५३.९१ रुपैयाँ रहेको छ ।
इम्पेयरमेन्ट चार्जका लागि ३१ करोड २ लाख रुपैयाँ छुट्टाएको संस्थाको खराब कर्जा अनुपात बढेको छ । खराब कर्जा अनुपात २.९५ प्रतिशतबाट बढेर ४.५६ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ३०.४९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २५८.८० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार १६४.५६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४४.६० गुणा र तरलता अनुपात ८.९४ प्रतिशत कायम भएको छ ।