काठमाण्डौ । नेपालमा फेरी केही वर्षअघिजस्तै ग्यास अभाव हुने देखिएको छ । नेपाल एलपी ग्यास उद्योग संघले यहि माघ २९ गतेदेखि खरिद आदेश (पीडीओ) नउठाउने निर्णय गरेसँगै ग्यास अभाव हुने देखिएको हो ।
सरकारले आफ्नो माग पुरा नगरेको भन्दै संघले पीडीओ नउठाउने जनाएको छ । आफूहरुको माग पुरा नभएसम्म ग्यास खरिद आदेश नउठाउने र हड्ताल समेत गर्ने संघले जनाएको छ ।
संघले ५ वर्षदेखि कमिसन र ढुवानीसम्मको मूल्य समायोजन नभएको गुनासो गर्दै आएका छन् । सरकारसमक्ष यस विषयमा पटकपटक अवगत गराएपनि सुनुवाई नभएकाले हड्ताल गर्नुको विकल्प नभएको संघले जनाएको छ ।
पीडीओ नलिने वित्तिकै ग्यास आयात कम हुने र केही दिनमै हाहाकार हुने परिस्थिति आउन सक्ने संघको जनाएको छ ।