काठमाण्डौ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा भरत कुमार शाह नियुक्त भएका छन् । संस्थाको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा शाहलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै सोही बैठकबाट सञ्चालक समितिमा रामचन्द्र आर्याय, कुशुम राज ज्ञवाली, खिल राज मैनाली, कृष्ण प्रसाद गौतम र यम कुमार खड्का निर्वाचित भएका छन् । भरत कुमार शाहसहित सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन् ।
जसमा कृष्ण प्रसाद गौतम र यम कुमार खड्का सर्वसाधारण सेयरधनीका तर्फबाट निर्वाचित भएका हुन् भने बाँकी संस्थापक सेयरधनीका तर्फबाट निर्वाचित भएका हुन् ।