शुक्रबार, बैशाख ४,२०८३ 04:22:40
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 04:22:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुले १४.८५% ले बढाए मुनाफा, इपीएसमा रिलायबल नेपाल लाइफ अगाडी

Bizshala
जीवन बीमा कम्पनीहरुले १४.८५% ले बढाए मुनाफा, इपीएसमा रिलायबल नेपाल लाइफ अगाडी
Shivam Cement

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले १४.८५ प्रतिशतले मुनाफा बढाएका छन् । चालु आवको दोस्रो त्रैमाससम्ममा १४ जीवन बीमा कम्पनीले ३ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १४.८५ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म जीवन बीमा कम्पनीहरुले ३ अर्ब ३ करोड ७२ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

जीवन बीमा कम्पनीहरुको व्यवसायसँगै लगानीको दायरा समेत बढ्न थालेपछि नाफामा सुधार देखिएको छ । चालु आवमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी र सन नेपाल लाइफ बाहेक सबै कम्पनीले नाफामा ग्रोथ गरेका छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउनेमा नेपाल लाइफ रहेको छ । कम्पनीले ४६ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ९.४५ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म नेपाल लाइफले ४२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

त्यस्तै, हिमालयन लाइफले ३७ करोड ६२ लाख, रिलायबल नेपाल लाइफले ३५ करोड ३ लाख, सन नेपाल लाइफले २८ करोड २२ लाख, नेशनल लाइफले २७ करोड ९१ लाख, आइएमई लाइफले २६ करोड ७८ लाख, एशियन लाइफले २५ करोड ३ लाख, सानिमा रिलायन्स लाइफले २३ करोड १६ लाख, सिटिजन लाइफले २३ करोड ९ लाख, मेट लाइफले २२ करोड २५ लाख, सुर्यज्योति लाइफले १९ करोड ६१ लाख, प्रभु महालक्ष्मीले १८ करोड २५ लाख, एलआइसी नेपालले १४ करोड १८ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले ८० लाख रुपैयाँ नाफा कमाएका छन् ।  

गत आवको तुलनामा सर्वाधिक नाफा बढाउनेमा भने सिटिजन लाइफ रहेको छ । कम्पनीले गत आवको तुलनामा ८६.७८ प्रतिशतले नाफा बृद्धि गरेको छ ।  

त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीको नापाm ४३.५५ प्रतिशतले घटेको छ भने सन नेपाल लाइफको नाफा १४.०५ प्रतिशतले घटेको छ । 

CG Motors
Garima Development Bank
IME remit

इपीएस कुनको कति ?

धितोपत्र दोस्रो बजारमा लगानी गर्नुअघि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) कति छ बुझ्न जरुरी हुन्छ । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ ।  

यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

चालु आवको दोस्रो त्रैमाससम्म सबैभन्दा बढी इपीएस रिलायबल नेपाल लाइफको रहेको छ । कम्पनीको इपीएस १५.१० रुपैयाँ छ । गत आवको सोही अवधिसम्म भने कम्पनीको इपीएस ११.५५ रुपैयाँ थियो ।  

त्यस्तै, एशियन लाइफको १४.७२ रुपैयाँ, सन नेपाल लाइफको १४.२५ रुपैयाँ, सिटिजन लाइफको ११।७३ रुपैयाँ, नेपाल लाइफको ११.४१ रुपैयाँ, नेशनल लाइफको १०.७५ रुपैयाँ, आइएमई लाइफको १०.७१ रुपैयाँ, एलआइसी नेपालको १०.६९ रुपैयाँ, हिमालयन लाइफको ९.३८ रुपैयाँ, सानिमा रिलायन्स लाइफको ९.३६ रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीको ८.९१ रुपैयाँ, सुर्यज्योति लाइफको ७.८३ रुपैयाँ र प्रभु महालक्ष्मी लाइफको ७.७३  रुपैयाँ रहेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.