जीवन बीमा कम्पनीहरुले कमाए रु.४.५९ अर्ब नाफा, कुनले कति ?
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आवको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ५९ करोड २० लाख रुपैयाँ नाफा कमाएका छन् । बीमकहरुको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ५.५५ प्रतिशत कम हो । गत आवको तेस्रो त्रैमाससम्म जीवन बीमकहरुले ४ अर्ब ८६ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो । सो अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्ससहित ४ कम्पनीको नाफामा उल्लेख्य गिरावट आउँदा बीमकहरुको...

