शुक्रबार, असार १९,२०८३ 03:03:30
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 03:03:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

माथिल्लो त्रिशूली एक २१६ जलविद्युत आयोजना निमार्णको काम सूचारु

Laxmi Sunrise Bank Limited
माथिल्लो त्रिशूली एक २१६ जलविद्युत आयोजना निमार्णको काम सूचारु

काठमाण्डौ । स्थानीयहरुको आन्दोलनका कारण बन्द भएकोे रसुवाको उत्तरगया गाँउपलिका एकमा निमार्णाधिन माथिल्लो त्रिशूली एक २१६ जलविद्युत आयोजनाको निमार्णको काम सूचारु भएको छ ।

तीरुमा हालै निमार्ण गरिएको एकिकृत बस्ति तथा गोगने मैलुङ गाँउमा आयोजना निमार्ण गर्दा परेको असरको भुर्गभविदले अध्ययन गरि प्रतिबेदन तयार पारेको अधारमा आयोजनाले काम गर्ने गरि सहमति जुटे सँगै आन्दोलन स्थगति गरे पछि आयोजनाको निमार्णको काम सूरु भएको हो ।

New Office
CG Motors
Garima Development Bank

पिडित पक्ष,जनप्रतिनिधि,जिल्लाका राजनितिक दल, प्रशासन र आयोजना बीच तीरुमा छलफल भए पछि सहमति नजिक पुगे सँगै पीडित पक्षले आन्दोलन स्थगन गरेको हुन । आयोजना निर्माणका क्रममा ब्यास्टिङ गर्दा घर चर्किएको र वस्तिमा गम्भीर असर परेको भन्दै उनीहरुले १५ दिन अघि बाट विभिन्न माग राख्दै आन्दोलन गरेका थिए ।  

निमार्णाधिन जलविद्युत आयोजनाको कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर रहेको आयोजनामा ९अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छ भने बाँकी रकम स्वपूँजी (इक्विटी)बाट जुटाइएको छ । आयोजनाबाट वार्षिक रुपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । उत्पादन हुने कूल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँद याममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुने छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ । आयोजनाको निर्माणको काम २०७८ पुस देखि सुरु गरिएको थियो भने २०८३ को मङ्सिरभित्र सक्ने लक्ष्य राखिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.