शुक्रबार, असार १९,२०८३ 03:06:29
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 03:06:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल–भारत कृषि सम्मेलन २०२५ सम्पन्न, नेपाली टोलीको सक्रिय सहभागिता

Laxmi Sunrise Bank Limited
नेपाल–भारत कृषि सम्मेलन २०२५ सम्पन्न, नेपाली टोलीको सक्रिय सहभागिता

काठमाण्डौ । भारतको मधुबनीस्थित कृषि विज्ञान केन्द्र, चानपुरा मा आयोजित कृषि विकास सम्मेलन तथा मेगा एग्री एक्स्पो २०२५ सम्पन्न भएको छ। नेपाल सरकारका पूर्व सचिव डा. योगेन्द्र कुमार कार्कीको नेतृत्वमा ३४ सदस्यीय नेपाली टोलीले सम्मेलनमा सक्रिय सहभागिता जनाएको थियो।

फेब्रुअरी ७ देखि ९ सम्म चलेको यो अन्तर्राष्ट्रिय सम्मेलन ‘कृषि विकासका लागि दृष्टिकोण र उदाउँदो चुनौतीहरू – २०२५’ भन्ने विषयवस्तुमा केन्द्रित थियो। सम्मेलनमा नेपाल र भारतका कृषि विज्ञ, उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेपाल–भारतबीच कृषि प्रविधि, उत्पादन, बजारीकरण, तथा कृषि नवप्रवर्तन सम्बन्धी अनुभव आदान(प्रदान गर्ने अवसर प्रदान गर्नु यसको प्रमुख उद्देश्य थियो।

New Office
CG Motors
Garima Development Bank

कार्यक्रममा भारतका बिहारका राज्यपाल श्री राजेन्द्र विश्वनाथ आर्लेकर प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने भारत सरकारकी खाद्य तथा उपभोक्ता संरक्षण मन्त्री लेशी सिंह को विशेष उपस्थिति रहेको थियो।

सम्मेलनको आयोजना एसके चौधरी ट्रस्ट द्वारा गरिएको थियो, जसका अध्यक्ष डा. सन्त कुमार चौधरी हुन्। नेपालबाट सहभागी टोलीले विभिन्न सत्रहरूमा कृषि प्रविधि, जैविक खेती, जलवायु परिवर्तन, पशुपालन, कृषि वित्त, महिला सशक्तिकरण तथा उद्यमशीलता प्रवर्द्धन जस्ता विषयहरूमा छलफल गरे।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस सम्मेलनले नेपाल र भारतबीच कृषि क्षेत्रमा नवीनतम प्रविधिको आदानप्रदान, सहकार्यका सम्भावनाहरू पहिचान, तथा किसानहरूको आय वृद्धिका लागि रणनीति निर्माण गर्ने अवसर प्रदान गरेको छ। सम्मेलनको समापन सत्रमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

नेपालका कृषि व्यवसायी, अनुसन्धानकर्ता र नीति निर्माताहरूका लागि यस्ता सम्मेलनहरू ज्ञान आदान(प्रदान गर्ने तथा नवीनतम प्रविधि सिक्ने महत्त्वपूर्ण अवसर हुने विश्वास गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.