बिहीबार, श्रावण २१,२०८३ 12:19:47
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 12:19:47
Bizshala
Global IME Bank Limited

नेपाली विद्यार्थी मृत्यु प्रकरणः उपकुलपतिले मागे माफी, दुई कर्मचारी बर्खास्त

नेपाली विद्यार्थी मृत्यु प्रकरणः उपकुलपतिले मागे माफी, दुई कर्मचारी बर्खास्त
New Office

काठमाण्डौ । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको विषयमा नेपाली विद्यार्थीमाथि भएको दमनप्रति विश्वविद्यालय व्यवस्थापनले माफी मागेको छ ।  

विश्वविद्यालयका उपकुलपति प्राध्यापक सरनजित सिंहले एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाली विद्यार्थीप्रति भएको दमनका विषयमा माफी मागेका हुन् । उनले नेपाली विद्यार्थीलाई नियमित पठनपाठनमा फर्कन समेत आग्रह गरेका छन् ।  

यस्तै उनले नेपाली विद्यार्थीलाई तत्काल विश्वविद्यालय छाड्न उर्दी जारी गर्ने दुई अधिकृतहरुलाई बर्खास्त गरिएको समेत बताए । उनीहरुले उक्त व्यवहारप्रति माफी समेत मागेको विज्ञप्तीमा जनाइएको छ ।  विज्ञप्तिमा दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई अनुसन्धानको लागि निलम्बन गरिएको जनाइएको छ ।

यस्तै उनले नेपाली विद्याथीहरु प्रति भारतीय र अन्य देशका विद्यार्थी जत्तिकै माया र सद्भाव रहेको उल्लेख गरेका छन् ।  

आइतबार केआईआईटीमा स्नातक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा लम्सालले आत्महत्या गरेकी थिइन् । सो घटनापछि छानबिन हुनुपर्ने भन्दै नेपाली विद्यार्थीहरूले आन्दोलन गरेका थिए भने कलेज प्रशासनले अमानवीय व्यवहार गर्दै विद्यार्थीहरूलाई निकालेको थियो ।

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.