सोमबार, कार्तिक २,२०८३ 03:13:41
  • सोमबार, कार्तिक २,२०८३ 03:13:41
Global IME Bank Limited

पोखरामा विस्फोट भएको बेलुनमा ग्यास भर्ने भारतीयलाई कुन मुद्दा चलाउने भन्नेमा प्रहरी अलमलमा

Bizshala
पोखरामा विस्फोट भएको बेलुनमा ग्यास भर्ने भारतीयलाई कुन मुद्दा चलाउने भन्नेमा प्रहरी अलमलमा
New Office

काठमाण्डौ । पोखरा भ्रमण वर्ष २०२५ उद्‌घाटन समारोहमा उडाउन तयारी गरिएका बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिकलाई कुन मुद्दा चलाउने भन्ने विषयमा प्रहरी नै अलमलमा परेको छ ।गत फागुन ३ गते उद्घाटन समारोहमा भएको बेलुन विष्फोटमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए ।  

उक्त घटनापश्चात प्रहरीले बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारीय नागरिकलाई ३ दिनदेखि हिरासतमा राखेको छ । घटना घटेको ३ दिन बितिसक्दा पनि प्रहरीले पक्राउ परेका भारतीय नागरिकलाई कुन मुद्दा चलाउने भनेर निर्णय गर्न गर्न सकेको छैन । उनलाई हाल म्याद थप गरेर हिरासतमा राखिएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सरकारी नियायले नै ग्यास भर्न भनेको र यसरी ग्यास भर्न पाइने वा नपाइने भन्ने विषयमा नै प्हरी अलमलमा परेको जनाइएको छ ।  

गत फागुन ३ घटेको उक्त घटनाका कारण अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आर्चायको अनुहार तथा हात लगायतका अंग जलेको थियो । घटनापश्चात दुवै जनलाई उपचारका लागि काठमाण्डौको किर्तिपुरस्थित बर्न अस्पतलामा ल्याइएको थियो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

उपचारपछि अर्थमन्त्री पौडेल सोमबार डिस्चार्ज भईसकेका छन् भने मेयर आर्चाय अझै उपचाररत छन् । सरकारले उक्त घटनाको विषयमा अनुसन्धान गर्न छानबिन समिति बनाएको छ । गृह मन्त्रालयले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा उक्त समिति बनाएको हो। हाल समितिले उक्त समारोहका आयोजकसहित त्यसमा संलग्न व्यक्तिलाई सोधपुछ गरिरहेको छ। 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.