काठमाण्डौ । पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा उडाउन तयारी गरिएका बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिकलाई कुन मुद्दा चलाउने भन्ने विषयमा प्रहरी नै अलमलमा परेको छ ।गत फागुन ३ गते उद्घाटन समारोहमा भएको बेलुन विष्फोटमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए ।
उक्त घटनापश्चात प्रहरीले बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारीय नागरिकलाई ३ दिनदेखि हिरासतमा राखेको छ । घटना घटेको ३ दिन बितिसक्दा पनि प्रहरीले पक्राउ परेका भारतीय नागरिकलाई कुन मुद्दा चलाउने भनेर निर्णय गर्न गर्न सकेको छैन । उनलाई हाल म्याद थप गरेर हिरासतमा राखिएको छ ।
सरकारी नियायले नै ग्यास भर्न भनेको र यसरी ग्यास भर्न पाइने वा नपाइने भन्ने विषयमा नै प्हरी अलमलमा परेको जनाइएको छ ।
गत फागुन ३ घटेको उक्त घटनाका कारण अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आर्चायको अनुहार तथा हात लगायतका अंग जलेको थियो । घटनापश्चात दुवै जनलाई उपचारका लागि काठमाण्डौको किर्तिपुरस्थित बर्न अस्पतलामा ल्याइएको थियो ।
उपचारपछि अर्थमन्त्री पौडेल सोमबार डिस्चार्ज भईसकेका छन् भने मेयर आर्चाय अझै उपचाररत छन् । सरकारले उक्त घटनाको विषयमा अनुसन्धान गर्न छानबिन समिति बनाएको छ । गृह मन्त्रालयले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा उक्त समिति बनाएको हो। हाल समितिले उक्त समारोहका आयोजकसहित त्यसमा संलग्न व्यक्तिलाई सोधपुछ गरिरहेको छ।