काठमाण्डौ। सेयर कारोबारमा धेरैका पोर्टफोलियोमा १० कित्ता भन्दा तल अड लट स्टक रहेको पाइन्छ । कतिपयलाई यो सानो–सानो १० कित्ता भन्दा तल सेयर किनबेच गर्न झन्झटिलो भईरहेको छ । अहिले नेप्सेको नियम र सिस्टमका अनुसार अड लट अर्थात १० कित्ता भन्दा तलको सेयर कारोबार गर्न मिल्दैन ।
कारोबार गर्नलाइ पनि आफै ब्रोकरलाई भनेर खरिदकर्ता खोज्नु पर्ने झण्झट रहेको छ । वा त यसको लागि आफूसँग भएको कम्पनी नै फेरी १० कित्ता किनेर सेयर कारोबार गर्नुपर्ने झण्झट रहेको हुन्छ ।
तर यसरी अड लट सेयर खातामा नरहने गरि पनि हामीले सेयर कारोबार गर्न सकिन्छ । जस्तै उदाहरणका लागि यदि तपाईसँग कुनै पनि कम्पनीको १११ कित्ता सेयर छ र यस्तो बेला तपाईले एकैपटक १११ कित्ता सेयर बिक्री गर्नु भयो भने सिस्टमले एक कित्ता बाँकी राखि दिन सक्छ । जुन कारोबार गर्न झण्झटिलो हुने गर्छ । अड लट अर्थात १० कित्ता भन्दा कम सेयर नरहनको लागि अब तपाईले पहिलो कारोबारमा १० कित्ता बाँकी राखेर १०१ कित्ता मात्रै सेल अडर दिनुहोस ।
यस्तो अवस्थामा तपाईको १०१ कित्ता बिक्री हुन्छ । अब दोस्रोपटक १० कित्ता फेरी सेल अडर दिनु भयो भने अब तपाईसँग अड लट सेयर खातामा बाँकी रहँदैन । अर्थात तपाईसँग खातामा कुनै पनि कम्पनीको जति सुकै कित्ता सेयर भए ता पनि १० कित्ता बाँकी राखेर सेयर बिक्री अडर दिने गर्नु भयो भने अड लटको समस्याबाट मुक्त हुन सकिन्छ ।